नेपाल चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)को क्वाटरफाइलमा भारतसँग परेको छ । लक्की ड्र बाट नेपाल भारतसँग परेको हो ।
कप्तान रोहित पौडेलले भारतको चिट्ठा निकालेका थिए । नेपालले समूह चरणमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । नेपाल र भारतबीचको खेल मंगलबार हुनेछ ।
अफगानिस्तान, नेपाल, हङकङ र मलेसिया समूह चरणबाट क्वाटरफाइनलमा पुगेका थिए । अफगानिस्तान भने नखेली गएको हो । क्वाटरफाइनलमा भारत, श्रीलंका, बंगलादेशले सोझै स्थान पाएका थिए ।
पाकिस्तानले क्वाटरफाइनलमा हङकङसँगै मंगलबार खेल्नेछ । बुधबार श्रीलंकाले अफगानिस्तानसँग क्वाटरफाइनल खेल्नेछ । त्यस्तै बुधबार मलेसियाले क्वाटरफाइनलमा बंगलादेशसँग खेल्नेछ ।
उपाधिको प्रमुख दाबेदार भारतविरुद्ध नेपालले क्वाटरफाइनलमै खेल्नु पर्ने भएको छ । नेपाल र भारतबीचको खेल मंगलबार बिहान ६ : ४५ मा हुनेछ ।
नेपालले पहिलो खेलमा मंगोलियाविरुद्ध ३ सय १४ रन बनाएको थियो । जुन टि२० आई इतिहासमा ३ सय रन कटाउने नेपाल पहिलो टोली थियो । उक्त खेलमा कुशल मल्लले ३४ बलमा शतक हानेका थिए । टि२० इतिहासकै सर्वाधिक छिटो शतक थियो । उनले डेविड मिलर र रोहित शर्माको ३५ बलको कीर्तिमान तोडेका थिए ।
दीपेन्द्रले ९ बलमै अर्धशतक हानेका थिए । कुनैपनि खेलको सर्वाधिक छिटो अर्धशतक थियो । अव कहिल्यै तोडिने पनि छैन । माल्दिभ्सविरुद्ध नेपालले २ सय १२ रन बनाएको थियो । अभिनाश बोहराले ६ विकेट लिएका थिए । उनी टि२० आईमा ६ विकेट लिने पहिलो खेलाडी हुन् । नेपालको असली परिक्षा भारतसँग हुनेछ ।