नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिजमा पहिलो खेल तान्जानियासँग खेल्ने भएको छ । हङकङले आयोजना गरेको उक्त सिरिजमा नेपाल, जापान र तान्जानिया छन् । चार देशबीचको महिला टि२० आई सिरिज सिंगल राउन्ड रोविनको आधारमा हुनेछ ।
नेपालले पहिलो खेल नोभेम्बर १५ मा तान्जानियासँग खेल्नेछ । नेपालले दोस्रो खेल १६ नोभेम्बरमा घरेलु टोली हङकङसँग खेल्नेछ । नेपालले १८ नोभेम्बरमा जापानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको लागि १९ नोभेम्बरमा खेल हुनेछ ।
नेपाली महिला टोलीले पहिलो पटक डब्लूटि२० आईमा जापान र तान्जानियासँग खेल्न लागेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा तान्जानियासँग पहिलो पटक खेल्न लागेको हो ।
नेपालले उक्त सिरिजको लागि २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । एपेन्डिक्सको शल्यक्रियाको कारण प्रमुख बलर कविता कुँवर टोलीमा छैनिन् ।
बन्द प्रशिक्षणमा बोलाएको टोली :
रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, संगिता राई, ज्योति पाण्डे, पुजा महतो, रोमा थापा, ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, अश्मिना कर्माचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कन्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ, मनिषा चौधरी र कविता जोशी ।