बुंगल नगर खेलकुद विकास समितिले आयोजना गरेको जिल्ला अन्तर पालिका स्तरिय महिला पुरुष भलिबल प्रतियोगीताको उपाधि पुरुष तर्फ केदारस्युँ गाउँपालिका र महिला तर्फ बित्थडचिरले हात पारेका छन् ।
कार्तिक २० गतेदेखि सुरु भएको भलिबल प्रतियोगीतामा शुक्रबार अन्तिम दिन भएका तीनवटा फाइनल चरणका खेलमा महिला तर्फ बित्थडचिर गाउँपालिकाले जयपृथ्वी नगरपालिकालाई तीन सुन्य सेटले पराजित गर्दै महिला तर्फको प्रथम स्थान हात पारेको छ भने पुरुष तर्फ केदारस्युँ गाउँपालिकाले छबिसपाथिभेरा गाउँपालिकालाई तीन एक सेटले पराजित गर्दै प्रथम स्थान हात पारेको हो ।
यस्तै पुरुष तर्फ तेस्रो स्थानका लागि भएको बुंगल नगरपालिका र जयपृथ्वी नगरपालिकाबीचको खेलमा बुंगलले जयपृथ्वीलाई दुई एक सेटले पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । यससँगै पूरुष तर्फको भलिबल प्रतियोगीतामा प्रथम केदारस्युँ गाउँपालिका, द्धितिय छबिसपाथिभेरा गाउँपालिका, तृतिय बुंगल नगरपालिका र सान्त्वना भएर जयपृथ्वी नगरपालिका भएका छन् भने महिला तर्फको भलिबल प्रतियोगीतामा प्रथम बित्थडचिर गाउँपालिका, द्धितिय जयपृथ्वी नगरपालिका, तृतिय मष्टा गाउँपालिका र सान्त्वना बुङ्गल नगरपालिका भएका छन् ।
प्रतियोगितामा पुरुष भलिवल तर्फ प्रथम हुने समुहले प्रथम पुस्कार रु. १,००००० (एक लाख), द्धितिय पुरस्कार रु.६०,००० (साठी हजार), तृतीय पुरस्कार रु.४०,००० (चालिश हजार) र सान्तवना पुरस्कार रु. १५,००० हजारसहित मेडल, कप र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै महिला भलिवल तर्फ प्रथम पुरस्कार रु.५०,००० (पचास हजार सहित कप मेडल प्रमाण पत्र), द्धितिय पुरस्कार रु.३०,००० (तिस हजार), तृतिय पुरस्कार रु.२०,००० (बिस हजार), र सान्त्वना पुरस्कार रु. १०,००० (दश हजार)सहित मेडल, कप र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै प्रतियोगीतामा महिला तर्फ बित्थडकी गरिमा बोहरा सर्वोत्कृष्ट खेलाडी र पुरुष तर्फ केदारस्युँका सुरेश मल्ल सर्वोत्कृष्ट खेलाडी सम्मानित भएका छन् भने उत्कृष्ट स्ट्राइकरमा महिला तर्फ बित्थडचिरकी पद्मा विष्ट र पुरुष तर्फ बुंगलका धनसेर नेपालीलाई सम्मान गरिएको छ ।
शुक्रबार भएको समापन कार्यक्रम बुंगल नगर खेलकुद विकास समितिका अध्यक्ष जयबहादुर ताम्राकार रहनुभएको थियो भने प्रमुख अतिथिमा बुंगल नगरपालिकाका नगरप्रमुख जयबहादुर धामी रहनुभएको थियो ।