दुर्गाथली गाउँपालिका वडा नम्बर -३ अन्तर्गत रकैल टोलमा अपाङ्गता भएका व्यक्तिहरु राहात एवं सहयोगी सामाग्री वितरण गरिएको छ । सोमबार वडाको रकैल टोलमा क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई उक्त सामाग्री वितरण गरिएको हो । स्थानीय पुजा धामी, दिनेश धामी, ऐनु धामी ,सीता देवि धामी, सुशील पार्की, आशिष पार्की, हरि धामी र नवराज धामी गरि जम्मा आठ जनालाई सामान वितरण गरिएको वडा नम्बर -३ का वडा अध्यक्ष रमेश बोहराले बताउनुभयो ।
८ जनामध्ये एक जनालाई रेडियो र अरुलाई तातो कपडा वितरण गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'हामीले यसपटक क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई मात्रै राहात दिएका छौं । यो राहात गाउँपालिकाको महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाबाट वितरण गरेको हो । अब केहि दिनमा वडाको तर्फबाट पनि सामान वितरण तथा सहयोग गर्ने वडाको योजना छ । हामीले अपाङ्ग परिचय पत्र पनि घरमै पुगेर उपलब्ध गराएका छौं । अझै वडाले गर्ने काममा म पनि लागि परेको छु ।'
थप्दै उहाँले भन्नुभयो, 'मैले वडाबाट वडाबासीको आवश्यकता अनुसार वडाले भ्याउने जति काम गर्न म तयार छु ।'
वडाबाट आफूहरुलाई यसरी सहयोग गरेपछि धेरै खुशी लागेको स्थानीय हरि धामीले बताउनुभएको छ । आफूजस्ता धेरै मान्छेहरुलाई वडाबाट सामातिना कुरामा पनि साथ दिएपछि निकै हौसला बढेको उहाँको भनाई छ ।
घरमै पुगेर वडाको टोलीले अपाङ्ग, बालबालिका, एकल महिला, जेष्ठ नागरीकहरुलाई वृद्धभत्ता लगायत अनुदान र राहातका सामाग्रीहरु हस्तान्त्रण गर्नथाले पछि आफुहरुलाई ठूलो राहात पुगेको स्थानियले बताएका छन् । वडाका जनताका चाहाना अनुशारका अन्य कामहरु पनि भइरहेका भन्दै वडाबासीले खुसी व्यक्त गरेका छन् ।
अबको केहि दिनमा पालिका भित्रका अपाङ्ग भएका सबै व्यत्तिहरुलाई राहात वितरण गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ । राहात वितरण कार्यक्रममा पालिकाको टोली सम्पर्क कार्यालय रकैल पुगेको थियो ।