फेब्रुअरी, प्रेमिल महिना हो। भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको रूपमा मनाइने यो महिना प्रेम गर्नेहरुको कुम्भ महिना हो। आफूले मन पराएको वा चाहेको मानिसलाई आफ्नो भावना अभिव्यक्त गर्ने दिन हो भ्यालेन्टाइन डे। यो दिन प्रेमी-प्रेमिकाले प्रेम साटासाट गर्ने अवसरको रुपमा लिन्छन्।
यदि तपाईंले कसैलाई प्रेम गर्नुभएको छ, तर आफ्नो मनको कुरा उनलाई भन्न सक्नुभएको छैन भने फेब्रुअरी १४ तपाईंको लागि उचित समय हुनसक्छ। किनकि यो दिनलाई प्रेम गर्नेहरुले विशेष दिनको रूपमा हेरिन्छ। यो दिनमा आएका प्रस्तावलाई प्रेम गर्नेले सकारात्मक रूपमा लिने गरेको पाइन्छ।
प्रेमका लागि बलिदान !
फेब्रुअरी १४ अर्थात् प्रेम दिवस। प्रत्येक वर्ष ‘सन्त भ्यालेन्टाइन’ को सम्झनामा विश्वभर ‘भ्यालेन्टाइन्स डे’ अर्थात् ‘प्रणय दिवस’ मनाइन्छ। तर यो दिनको पछाडि एक दुःखद इतिहास लुकेको छ। जुन हामीमध्ये कतिपयलाई जानकारी नहुन पनि सक्छ।
प्रेमकै खातिर भ्यालेन्टाइनले फाँसीमा चढ्नु परेको थियो। यो कथा तेस्रो शताब्दीको हो। रोमका राजा क्लोडियस प्रेम र विवाहको मान्यता विपरीत थिए। बिहे गरेपछि पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ भन्ने उनको राय थियो। त्यही कारण उनले आफ्नो राज्यमा कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न नपाउने नियम बनाइदिए।
फेब्रुअरी १४ अर्थात् प्रेम दिवस। प्रत्येक वर्ष ‘सन्त भ्यालेन्टाइन’ को सम्झनामा विश्वभर ‘भ्यालेन्टाइन्स डे’ अर्थात् ‘प्रणय दिवस’ मनाइन्छ। तर यो दिनको पछाडि एक दुःखद इतिहास लुकेको छ। प्रेमकै खातिर भ्यालेन्टाइनले फाँसीमा चढ्नु परेको थियो। यो कथा तेस्रो शताब्दीको हो।
तर, यो कुरा सन्त भ्यालेनटाइनलाई मन परेन। उनले क्लोडियसको नियमको विरोध गर्दै सबैलाई बिहे गर्नका लागि उक्साए। उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए। यही क्रममा केही अधिकारी र सैनिकले विवाह गरे। जब राजालाई यो कुरा थाहा भयो उनले भ्यालेन्टाइनलाई बन्दी बनाउने आदेश दिए। उनलाई कालकोठरीमा बन्दी बनाइयो। प्रेम गर्न उक्साएकै कारण भ्यालेन्टाइनलाई फाँसी दिने निधो भयो।
सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे। जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो। आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले ‘लभ फ्रम योर भ्यालेन्टाइन’ भन्ने हस्ताक्षर सहितको प्रेमपत्र आफ्नी प्रेमिका अर्थात जेलरकी छोरीलाई दिएको कथन छ। उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए।
सन् २६९ को १४ फेब्रुअरीमा उनलाई फाँसी दिइयो। यही दिनको स्मरणमा मानिसले ‘भ्यालेन्टाइन डे’ मनाउन सुरु गरेका हुन्। पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदानप्रदान गर्ने भनेकै भ्यालेन्टाइन डेमा हो। अहिले यस संस्कृतिले दक्षिण एसियामा व्यापक ढंगले प्रवेश पाएको छ।
भ्यालेन्टाइन सप्ताहको महत्त्व
पहिले एक दिनमात्र अर्थात् फेब्रुअरी १४ मा मात्र भ्यालेन्टइन डे मनाइन्थ्यो। अहिले साताव्यापी रुपमा मनाइन्छ। यसको सुरुवात रोज डेबाट हुन्छ। सुरुवातमा गुलाब, प्रपोज, चकलेट, टेडी, प्रमिस, अंकमाल र आखिरमा भ्यालेन्टाइन डे मनाउने प्रचलन छ।
अन्तिम दिन सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ। यस दिन आफ्नो प्रेमी-प्रेमीकासँग दिन बिताउँछन्। आफ्नो प्रेमी-प्रेमिकालाई उपहार दिन्छन्। यो दिन मनपर्ने ठाउँमा घुम्न जान्छन्। एक अर्कासँग यादगार पल बिताउँछन्।
उत्सवले संस्कृति लोप हुँदैनः समाजशास्त्री
समाजशास्त्री निर्मला ढकालले भ्यालेन्टाइन डे मनाउँदैमा नेपालको संस्कृति लोप नहुने बताएकी छन्। उनी भन्छिन्, ‘यो दिवस मनाउँदैंमा त्यस्तो केही नकारात्मक असर पर्छ भन्ने छैन।’
‘विश्व एक गाउँ भैसकेको छ। प्रविधिको कारण संसारको एक कुनामा भएको सामान अर्को कुनामा पुग्न समय लाग्दैन, उनले भनिन्, ‘अझ संस्कृति भन्ने कुरा तुरुन्तै पुग्छ।’
समाजशास्त्री निर्मला ढकालले भ्यालेन्टाइन डे मनाउँदैमा नेपालको संस्कृति लोप नहुने बताएकी छन्। उनी भन्छिन्, ‘यो दिवस मनाउँदैंमा त्यस्तो केही नकारात्मक असर पर्छ भन्ने छैन।’
प्रेम सिकाउने संस्कृति हो। विशेषगरी युवापुस्तामाझ लोकप्रिय दिवसको रुपमा यो रहेको छ। ढकाल भन्छिन्, ‘प्रेमको नाममा विसङगति मच्चाउन भएन, दुरुपयोग पो गर्न भएन।’ प्रेम, सद्भाव फैलाउने कुनै पनि दिवस अर्थात् पर्व नकारात्मक नभएको उनको भनाइ छ।
‘जब समाज खुला हुँदै जान्छ। धर्म, संस्कृति एकै ठाउँमा सीमित रहँदैन। राम्रो कुरा एक समुदायबाट अर्को समुदायमा जाँदा असर गर्छ भन्ने हुँदैन।’ त्यसले आफ्नो संस्कृति लोप गराउँछ भन्ने नहुने ढकालले बताइन्।
उस्तै-उस्तै समुदायका संस्कृति विश्वभरका मानिसले अँगालेको पाइन्छ। ‘प्रेमभाव पनि विश्वभरका मानिसको एकै हुन्छ, उनले भनिन्, ‘त्यसकारण पनि यो दिवस सबैले ग्रहण गरेका छन्।’