बझाङमा प्रलयकारी भूकम्प जाँन्नहोला भने कुराले म निश्चिन्त कहिलै हुन सकिनँ। हुने पो कसरी ? विगत लामोसमयदेखि तिब्बतियन प्लेटर इन्डियान प्लेट एकआपसमा टकराउँदै आएको कुरा भू-गर्भविदहरुले बताउँदै आएका थिए।
त्यसमा पनि बझाङ र दार्चुलास्थित भूभाग बढी जोखिमपूर्ण रहेको कुराले त झँनै चिन्तित थिए म। यसैबिचमा बझाङ केन्द्रबिन्दु भएका दुइठूला भुकम्पहरु यही आश्विन १६ गते गएका छन्। यसैको आसपासमा रहेर म केही जिवन्त अनुभवहरु साँट्न चाहन्छु।
म एउटा शिक्षक हुँ। आश्विन १६ (२०८०)का दिनबिहानी क्याम्पसको पढाइ सकेर म चैनपुरस्थित घर फर्के र खाना खाएर सँधैझैं अध्ययनमा तल्लिन थिए। दिउसोको झण्डै दुइबजेर तीस मिनेटको समय हुँदो हो, विद्यालयबाट छोरा अन्मोल र छोरी अनुपम मध्यसत्रको परीक्षा सकेर घर फर्किएँ।
मैंले उनीहरुलाई मेरो अध्ययन कक्षमा बोलाएँ र परीक्षाका बारेमा सामान्य सोधपुछ गरे। तत् पश्चात उनीहरु नास्ता खान भान्छातिर गए र म पुनः आफ्नो अध्ययनमा लागे। त्यतिनै बेला एक्कासी बाहिरतिर स्वाँ-स्वाँ आवाज आयो र जोडतोडका साथ घर हल्लिन थाल्यो।
उता भान्सामा छोराछोरी कराउन थाले। अन्मोल/अनुपम भन्दै म कुर्सिबाट उठ्ने प्रयास गर्छु, सम्यमताका साथ उठ्न सकिन र छेउतिर हुत्तिए। उता छोराछोरीहरु पनि बाबा बाबा भन्दै कराउँदै म भएतिर आउन खोज्दैथे तर आउन सकेनन। केहि छिनका लागि भए पनि हामी एउटै फ्ल्याटभित्र एकअर्कालाई साक्षात्कार गर्न असमर्थ भयौं। आठ/दश सेकेण्ड पछिको त्रासपूर्ण अदलबदल पश्चात ती दुइटैलाई डोर्याउदै हतारहतार बाहिर निस्किएँ ।
छरछिमेकका घरहरुबाट पनि मानिसहरु चिच्याउदै कराउँदै बाहिर निस्कदै थिए। कतिपय महिला तथा पुरुषहरु आ-आफ्ना बालबालिकाहरुलाई पिठ्यु तथा हातमा लछारपछारगर्दै खुलाठाउँतिर भाग्दै थिए। स्कूले वालवालिकाहरुको पनि विद्यालयभित्र चिचाहट सुनिन्थ्यो।
भूकम्पको त्रासले स्वयं तर्सीएकाशिक्षकहरुलाई वालवालिकाहरुलाई सम्हाल्न धौधौ थियो। बझाङजिल्ला भूकम्पीय दृष्टिकोणले नेपालकै सबैभन्दा जोखिमपूर्ण भूभाग हो भन्नेकुरा स्कुले वालवालिकादेखि सर्वसाधारण सबैलाई जानकारी भएर होला मैले हेर्न भ्याए जतिका सबैजना भयभित थिए।कहाँ के के क्षेति भयो होला? कति घरहरु भत्के होलान? अँझै यो भन्दा ठूलो भूकम्प आउने त होला भन्दै तर्सित मानसिकतामा आपसमा सबैजना जोडतोडका साथ गफिदै थिए। सानाठूला धेरै भूकम्पहरुको अनुभूति गरिसकेका बुढापाकाहरु अव मरिने भयो भन्दै चिन्तित देखिन्थे।
समय बित्दै गयो। समचारहरुमा पहिलो भूकम्प ५.३ रेक्टर स्केल मापन भइ त्यसको केन्द्र जिल्लासदरमुकाम संगै जोडिएको तल्कोट गाउँपालिकामा रहेको खवर सार्वजनिक भयो। नजिकै केन्द्रबिन्दु भएर होला त्यसको कम्पन मैले भने निकैठूलो महशुष गरेको थिए। साहेद सदरमुकाम आसपासका सबैजनाले पनि त्यसैगरे होलान। जे भएपनि बाँचियो भन्ठाने। तर त्यसपछिका सानासाना पराकम्पनहरु भने नियमित रुपमा आईनै रहे। एकजना बुढा बा भन्दै थिए, “घरभित्र कोइ पनि नजाउ है, भूकम्प फर्केर आउने निश्चित छ”। मैलेपनि बुढाबाले झैं सबैजनालाई केहि समय बाहिर नै बस्न सुझाए। नजिकैको खुलाठाउँमा जम्मा भएका हामीसबैले त्यसै गर्यौं। आ-आफ्ना केटाकेटीहरुलाई समेत गोलवन्द गराएर हामीसबै सुरक्षित भएको महशुष गर्यौं।
तर, परिस्थिति हाम्रो बसमा थिएन। भूकम्प त झनै, स्वयम पृथ्वी बाहेक कसैलाई पनि यसबारेमा जानकारी नै हुन्न। समय बित्दै थियो। पहिलो भूकम्प गएको झण्डै आधाघण्टा जति समय व्यतित भएको हुँदो हो, दोस्रो ठूलो हलचल महसुस हुन थाल्यो। वरपर अगाडिको भन्दा स्वाँस्वा-फ्वाँफ्वाँ झैं आवाज गर्जियो। घरहरु बेस्सरी काँप्न थाले। चैनपुर सदरमुकाम वरिपरिका अग्ला-अग्ला डाँडाहरुबाट ढुङ्गाहरु बर्षन थाले।
चारैतिर पहिरोका आवाजहरु गडगडाए। एकैछिनमा सदरमुकाम आसपासको क्षेत्र धुलाम्मे भयो। मानिसहरु बचाउ बचाउ भन्दै सडक देखि सार्वजनिकस्थलहरुमा पुनः जम्मा हुन थाले। म लगायतका केहि स्थानीयहरु भने अगाडि देखि नै बाहिर नै थियौं। पहिलो भूकम्प आए पश्चात प्राय सबै विद्यालयहरुले वालवालिकाहरुलाई सुरक्षित घर पठाए। तर, विकट भूभाग भएकाकारण धेरैजसो वालवालिकाहरु दोस्रो ठूलो भूकम्पबाट निकै प्रभावित भए। कतिपय बाटोमै अलपत्र परे भने कतिपयलाई भिरबाट खसेको ढुङ्गा लागेर रक्ताम्मे शरिर सहित घरपुग्नु पर्यो।
भुकम्पका पराकम्पनहरु एकपछि अर्कोगरी नियमित आउन थाले। प्रायः हरेक पन्द्र/बिस मिनेटको आसपासमा जमिन कम्पन हुन थाल्यो। केहि समय पश्चात म बजारको अवस्था बुझ्न त्यसतर्फ गए। सडकभरी मान्छेको हुल थियो। सबैजना तर्सित अवस्थामा थिए। बजारका प्रायजसो घरहरुमा नराम्ररी क्षेति पुगेको थियो। ठूला होटल देखि सरकारी कार्यालयहरु तथा निजि निवासहरु अदलबदल देखिन्थे। कतै भवनका भित्ताहरु चर्केका देखिन्थे भने कतै पिलरहरु नै भाँस्सिएका। त्यतिमात्र किन, कतैकतै त सडकहरु समेत छिन्नभिन्न भएका देखिन्थे।
बझाङमा धेरैबर्ष पश्चातको भूकम्पीय क्षेति भएर होला, मानिसहरु ती दृश्य हेर्न लामबद्ध थिए। कतिपय त अखम्य क्षेतिको फोटो खिच्दै सामाजिक संजालमा पोस्ट्याउन व्यस्त थिए। हातहातमा भएका मोबाइलहरुका सहयोगले देशबिदेशसम्मै ती जिवन्त खबरहरुलाई बिस्तारित गर्दै थिए।
तर, मैले भने ती जीर्ण व्यक्तिगत भवनहरुको फोटो खिचेर सामाजिक संजालमा पोस्ट्याउने प्रयास गर्न सकिन। घरकै सामुन्नेमा बसेर घरधनीहरु बिलौंना गर्दै थिए। कतिपयले त खोलानदी किनारमा गिट्टि कुट्दै बेच्दै घर बनाएका थिए। तिनीहरु त निधारमा हात राख्दै रुदै पनि थिए। त्यसैले मैले तिनको पिडालाई सार्वजनिक गर्न चाहिन। मलाई अरु सकैले गरेको मन नि परेको थिएन। बरु सरोकारवाला निकायहरुले त्यो गरुन भन्ने म चाहन्छु।
भूकम्प गएको केहिबेर पश्चात नै बजारमा रेडक्रसको टोलि निस्कियो। उनीहरुले एकपछि अर्कोगरी क्षेतिको विवरण लिन थाले। केहिसमय पश्चात बजारमा प्रहरी पनि निस्किए। उनीहरुले पनि क्षतिको विवरणका बारेमा सोधखोज गर्न थाले। मलाई लाग्यो, सदरमुकामवासीका लागि त रेडक्रस छ, प्रहरी छ, सेना छ, राजनीतिक दलहरु छन तर गाउँका निमुखा सर्वसाधारणकालागि को छ र ? केवल छन् त तिनीहरु आफै। शहरमा पक्कि घरहरुको त यस्तो बेजोग छ, गाउँका ढुङ्गामाटोले बनेका घरहरुको अवस्था के होला ? भलै साँझ सम्मको खबरले मानवीय क्षेति त्यति नभएको कुरा सार्वजनिक भयो।
मैले केहि बर्ष अगाडि एकजना भूगर्भविदले सुदूरपश्चिम नेपालमा ठूलो भूकम्प गए झन्डै ९०% घरहरु भग्नावशेषमा परिणत हुने कुराको प्रक्षेपणलाई घोत्लिएर सम्झेँ। तर, भूकम्पको मात्रा केहि कम भएर होला, आम बझाङवासीहरुले त्यति क्षेति बेहर्नु परेन। अधिकांश गरिव र निमुखा सर्वसाधारण मात्र बस्ने बझाङमा नियतिले कोल्टे फेरेन। आशा छ, अव बझाङवासीले मात्र हैन आम नेपालीले प्रलयकारी भूकम्पको जोखिम मोल्नु पर्ने दिनहरु आउने छैनन्।
बिपतको यो घडी बझाङबासीका लागि निकै चुनौतिपूर्ण छ। मानवीय क्षेतिको त्यति खबर नआए पनि सयौंजना हाल घाइते अवस्थामा छन् । स्कुले विद्यार्थीहरुदेखि आम सर्वसाधारणहरु मनोबैज्ञानिक रुपमा बिक्षिप्त छन्। विपतको यो समयलाई मध्यनजरगरी राज्य तथा गैरराज्यपक्षले हातेमालो गर्नुपर्ने देखिन्छ। आशा छ, त्यसबारेमा हामीले अबेर गर्ने छैनौं।