राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ ७ गते चौंथौं वर्षमा प्रवेश गरेको छ ।
सूचना तथा सञ्चार प्रविधि विकास समूहद्धारा सञ्चालित यस सामुदायिक रेडियोले स्थापनाकालदेखि ओझेलमा परेका मानव समुदाय, स्थानीय संस्कृति, भाषा, र परम्परा, स्वास्थ्य, सरसफाइ, महिला अधिकार, बाल अधिकार, शिक्षा, स्वास्थ्य जस्ता समुदायका मुद्धा उठान गरिरहेको छ । छोटो समयमा स्रोताको मन जित्न सफल यस रेडियोले बझाङमै पहिलो पटक १८ घण्टा प्रसारण थालेको थियो ।
विद्युतको चरम समस्या झेलिरहेको बझाङमा यस रेडियाले ठूलो सोलार सिस्टमबाट ५०० वाट क्षमताका साथ आफ्नो प्रसारण थालेर हरेक घण्टा समाचार, सूचना, विज्ञापनसँगै जनचेतनामुलक कार्यक्रम प्रसारण गरिरहेको छ । जिल्लाका अधिकांश ठाउँमा सुनिने यो रेडियो स्रोता तथा यहाँको समुदायलाई सर्वोपरि बनाएर विभिन्न समाचार सामाग्री र कार्यक्रम प्रसारण गर्दै आएको छ ।
आज भदौ ७ गते जयपृथ्वी एफ.एम.ले विभिन्न स्थानीय तहका जनप्रतिनिधि, कार्यालय प्रमुख, बौद्धिक व्यक्तिसँग राष्ट्रिय विभुति जयपृथ्वी बहादुर सिंह र आगामी दिनमा रेडियोले खेल्नुपर्ने भुमिकाबारे बहश तथा अन्तक्रिया गर्ने भएको छ । वि.सं. १९३४ भदौ ७ गते बझाङको चैनपुरमा जन्मिनुभएका जयपृथ्वी बहादुर सिंह तत्कालीन बाइसे राज्यमध्येको एक बझाङका राजा विक्रमबहादुर सिंह र आमा रुद्रकुमारीका जेष्ठ पुत्र हुनुहुन्थ्यो । सिंहले नेपालको शिक्षा, न्यायप्रशासन, पत्रकारिता र नेपाली भाषाको उत्थानमा पु-याएको योगदान अतुलनीय छ । मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहलाई नेपाल सरकार २९७९ असार ६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।