बझाङ : विश्व भेटेरिनरी दिवसको अवसर पारेर शनिबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्राइभेट भेटेरिनरी अस्पताल उद्घाटन गरिएको छ । पशु सेवालाई थप प्रभावकारी बनाउन डाक्टर अनिल कोइराला सम्बद्ध ज्ञान गंगा ग्रुप प्रा. लि ले Gyan ganga veterinary services (GGVS) नामक सुदूरपश्चिमकै पहिलो पशु अस्पतालको उद्घाटन गरेको हो।
अस्पतालले सुदूरपश्चिममा गुणस्तरिय सेवा प्रदान गर्नको लागि सामान्य स्वास्थ्य परिक्षण कक्ष, शल्यक्रिया कक्ष, प्रयोगशाला कक्ष, पोस्टमार्टम कक्ष, पेट भर्ना कक्ष, तालिम कक्ष गरि विभिन्न कक्षहरु सञ्चालनमा लयाएको छ। साथै GGVS अस्पताल मार्फत् पशुपंक्षी उपचार, गोबर, रगत पिसाब तथा प्रयोगशालामा हुने विभिन्न पशुजन्य पदार्थको परिक्षण, विभिन्न कृषि तथा पशुपंक्षी सम्बन्धि तालिम, Internship training, OJT, साथै पशुपालन सम्बन्धी परियोजना पत्र तयार पारि दिने जस्ता सेवाहरु पनि प्रदान गर्ने प्रा.लि.का प्रबन्ध निर्देशक डा. अनिल कोइरालाले बताउनुभयो।
शनिबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदुरपश्चिमका पशुपंक्षी विकास माहाशाखा प्रमुख डा. हेमराज अवस्थीद्धारा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढी नि. प्रमुख डा. तपेन्द्र प्रसाद बोहोरा र डा. शृजना बम्रेल, डा. अनिल कोइराला, बाग्वानी अधिकृत मिना कु. पौडेल लगायतको उपस्थितिमा रिवन काटेर अस्पतालको उद्घाटनमा गरिएको हो । अस्पतालले धनगढी उपमहानगरपालिका-५ तारानगरबाट सेवा प्रदान गर्नेछ ।
कोरोनालाई मध्यनजर गरि कम उपस्थितिमा स्वास्थ्य सावधानी अपनाएर उद्घाटन गरिएको प्रबन्ध निर्देशक डा. कोइरालाले बताउनुभयो। साथै यस अस्पताल सञ्चालनमा ल्याएको ज्ञान गंगा ग्रुप प्रालीले यसअघि विगत एक वर्षदेखि धनागढी उपमहानरपालिका-१२ जुगेडामा ज्ञान गंगा एग्रोफर्म अन्तर्गत माहुरी पालन, च्याउ खेती र तरकारी खेती गर्दै आएको थियो ।