बझाङ : बझाङमा ‘‘वर्तमान पत्रकारीताको अभ्यास र चुनौती बिषयक अभिमुखिकरण तथा छलफल’’ कार्यक्रम मंगलबार सम्पन्न भएको छ । पछिल्लो समयमा पत्रकारीताको क्षेत्रमा भएका अभ्यास र आइपर्ने चुनौतीहरुको बारेमा सरोकारबालाहरु सँग अभिमुखिकरण सँगै छलफल गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरीएको हो । नेपाल पत्रकार महासँघ बझाङ शाखाको आयोजना, खप्तडछान्ना गाउपालिका पसलबगरको सहयोगमा उक्त कार्यक्रम सदरमुकाम चैन्पुरमा सञ्चालन गरीएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथी तथा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पत्रकारिता गर्नेले स्वनियममा रहेर पनि आचार–संहिता पालना गर्नुपर्नेमा जोड दिँदै प्रविधिमैत्री पत्रकारिता भित्रका अप्ठ्यारो अवस्था लाई पनि थाहा पाइरहनुपर्ने र प्रविधिको प्रयोग गर्दा विवेक पुर्याउनुपर्नेमा जोड दिनुभयो । पत्रकारहरुले सत्य, सन्तुलित र बिश्वसनियता ध्यान दिदै कमिसन पत्रकारीता नगरी मिसन पत्रकारीता गर्न आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै खप्तडछान्ना गाउपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले समाजमा अझै पनि जनप्रतिनिधि भन्दा पत्रकारमा बढि बिश्वास गर्ने गरेको भन्दै पत्रकारीतालाइ फोहोेर नबनाइ जनताको बिश्वासलाइ कायम गरी राख्न पत्रकारीताको मर्म अनुसार कलम चलाउनुपर्ने बताउनुभयो । पत्रकारहरु राज्यको चौथो अँग भएकाले जनप्रतिनिधि ले गरेका राम्रो काममा साथ दिनुपर्ने र नकारात्मक काम गरे खबर दारी गर्न पनि अनुरोध गर्नुभयो ।
पत्रकार महासँघ जिल्ला शाखा अध्यक्ष शैलेन्द्र कुमार रोकायाले पछिल्लो समय बढ्दो सामाजिक सञ्जालका कारण पत्रकारिता क्षेत्रमा धेरै चुनौतीहरु देखा परेको बताउनुभयो । पत्रकारिता क्षेत्रमा विभिन्न समस्याहरु देखिएकोले त्यसको समाधानका लागि पत्रकार महासँघले बिभिन्न कार्यहरु गदै आएको र यसमा गाउपालिकाहरुले नया आउदै गरेका पत्रकारहरुको क्षमता अभिबृद्धिको लागी पनि केहि सहयोग गर्नुपर्ने बताउनुभयो । प्रविधिले अरू क्षेत्रलाईजस्तै पत्रकारितालाई पनि ग्लोबल बनाइदिएको र त्यो हुनु सुखद् पक्ष भएको उल्लेख गर्दै कतिपय अवस्थामा सामाजिक सञ्जालहरुमा आउने सबैखाले प्रस्तुतिलाई पत्रकारिताको रुपमा बुझिँदा त्यसले पत्रकारिताको विश्वसनीयतामै प्रश्न उठाइरहेको बताउनुभयो ।
पत्रकार महासँघ जिल्ला शाखा अध्यक्ष शैलेन्द्र कुमार रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी जयपृथ्बी नगरपालिका नगरप्रमुख चेतराज बजाल रहनुभएको थियो । भने बिशिष्ट अतिथी खप्तडछान्ना गाउपालिका अधयक्ष उत्तम बहादुर रोकाया, प्रमुख जिल्ला अधकारी नारायण पाण्डेय रहनुभएको थियो । उक्त कार्यक्रममा डिएसपि जागेश्वर भण्डारी, सामुदायिक रेडियो प्रसारण संघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष जगत खडका लगाएत पत्रकारहरुको सहभागीता रहेको थियो ।