जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर पानी पर्ने सम्भावना रहेको जनाएको छ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल कर्णाली प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राती भने देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशभर सामान्य बदली रही मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशहरूका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेश, बागमती ,गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षा र मेघ गर्जन चट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।