बझाङ : जिल्ला अस्पताल बझाङको आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगती समिक्षा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आज जिल्ला अस्पताल बझाङको आयोजनामा आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगती तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
आर्थिक बर्ष २०७९÷०८० मा जिल्ला अस्पताल बझाङबाट प्रवाह भएको सेवा सुविधा, उपलब्धि एव चुनौती लगाएतका अन्य गतीबिधीका बारेमा सहभागिहरुले गुनासो जिज्ञासा राख्ने र त्यसको जवाफ जिल्ला अस्पतालका स्वास्थ्यकर्मि तथा व्यवस्थापन समितिका पदाधिकारीहरुले दिएर सेवा पारदर्शि बनाउनको लागी सार्बजनिक सुनुवाइ गरीएको हो ।
उक्त सार्बजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले अस्पतालमा भएको सेवा प्रवाहमा देखिएका चुनौती, कमिकमजोरीहरु र सुधार गर्नुपर्ने लगाएतका बिषयमा जिज्ञासा,गुनासा र सुझावहरु समेत राखेका छन् । सहभागिहरुको । गुनासा जिज्ञासाको जवाफ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवराज जोशीले दिनुभयो । उहाँले गत वर्ष जिल्ला अस्पताल बझाङ न्युनतम सेवा मापदण्डमा देशकै दोस्रो उत्कृष्ट बनेको स्मरण गर्दै यसवर्ष पहिलो बनाउने प्रयास गरिरहेको बताउनुभयो ।
यसैबिच गत आर्थिक वर्षमा अस्पतालमा उत्कृष्ट कार्य गर्न सफल दुई कर्मचारीहरुलाई सम्मान सहित पुरस्कृत गरीएको छ । जनभावनाको कदर गर्दै इमान्दारिता पुवर्क काम गर्ने अस्पतालका ल्यावअसिस्टेन्ट करीष्मा भण्डारी र खानेपानी तथा सरसफाई सहायक लक्ष्मिराज कोइरालालाई नगद सहित प्रशसांपत्र प्रदान गरिएको हो ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोनु सिहँको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा जिल्ला समन्वय प्रमुख नर बहदुर बोहोरा प्रमुख अतिथि रहनुभएको थियो । यस्तै अतिथिमा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, विभिन्न पालिकाका प्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिहरुको सहभागीता रहेको थियो ।