बैतडीको सिगास गाउँपालिकाका विभिन्न ठाउँहरूमा किसानलाई यतिवेला मकै भित्र्याउने चटारो छ । किसान अहिले मकै तोड्ने र भित्र्याउने काममा व्यस्त भएका छन ।
सिगासका प्रायः सबै ठाउँका किसानहरू बिहानदेखि बेलुकासम्म मकै थन्क्याउनमा व्यस्त छन् । चर्को घामको परवाह नगरी उनीहरू अहिले मकै भित्र्याइरहेका छन्।
बेसी क्षेत्र तिर मकै खेतबारीमा पाकिसकेकाले चाँडै तोड्ने गरिएको स्थानिय राम साउदले बताउनुभयो ‘मकै भित्र्याउने सिजन भएकाले हामी खेतमै व्यस्त छौँ, हाम्रो अहिलेको दैनिकी खेतमै बितिरहेको छ, यो बेला कामको व्यस्तताले कसैसँग भेट्ने फुर्सदसमेत छैन,’ उनले भने, ‘बाली भित्र्याउने समयमा चर्को घामको त ख्यालै हुँदैन ।’ बेसी क्षेत्र तिर मकै तोडिसकियो सिगासका लेकाली भागमा मकै तोड्ने, भित्र्याउने चटारो छ । '
सिगास गाउँपालिकाका ९ वटै वडाका सबै ठाउँहरूमा मकै खेती गरिन्छ । अधिकांश स्थानमा जंगली जनावर लगायत हावाहुरीका कारण मकै बाली ढल्नुका साथै व्यापक रूपमा क्षेती समेत भएको थियो । कुनै क्षेत्रमा बालीनाली नष्ट हुँदा भोकमरीको समेत चिन्ता बढेको छ ।
सिगासका बेसी क्षेत्र ढुङ्गाड, खैरकोड, न्वाघर, टोटेर, लेकम, चौखाम लगायतका ठाउँहरुमा मकै तोड्ने, भित्र्याउने काम सकिएको छ भने यी क्षेत्रहरू बाहेक सिगासका लेकाली भागमा मकै तोड्ने, भित्र्याउने चटारो रहेको स्थानिय हर्क साउदले बताए ।