सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनका लागि सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।जील्लाको केदारस्यु गाउपालिका भित्रका स्कुल हरुमा पनि दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको गाउपालिका अध्यक्ष गणेश बोहराले बताउनु भयो बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र केदारस्यु गाउपालिकाको समन्वयमा केदारस्यु गाउपालिका भित्रका २० वटा बिद्यालयमा बालमैत्री धारा निर्माण, २५ फोहोर फाल्ने डम्फीङ सईट, १८ वटा भान्सा र शौचालय मर्मत,लगाएतका कार्य गरीएको छ ।
गाउँपालिका भित्रका बिद्यालयहरुमा दिवा खाजा व्यबस्थापन मिती गठन गर्नुका साथै बिद्यालय दिवा खाजा सञ्चालन तथा व्यबस्थापन कार्यबिधि निर्माण,दिवा खाजाको मेनुतालिका निर्माण, गुनासो सुनुवाइ सँयन्त्रलाइ सवलिकरण गर्नका लागी टोलफ्रि नम्बर सञ्चालन , किसान समुह गठन,तालिम प्रदान, कृषि सामगी्र सहया्ेग र सबै बिद्यालयमा दैनिक तरकारी आपुर्ति लगाएतका कामको थालनी गरेको छ ।
यस्तै अनुगमन पश्चात परीयोजनाले सोचे भन्दा बढि नै काम गरेको सोकारवालाहरुले बताएका थिए । अनुगमन टोलिमा जिल्ला समन्वय समितीका कार्यबहाक प्रमुख गोरख बहादुर सिह, केदारस्ुय गाउपालिका अध्यक्ष गणेश बोहरा,उपाध्यक्ष मनिसा धामी, प्रमुख प्रशासकिय अधिकृत पदमराज उपाध्याय, बिभिन्न शाखाका प्रमुख,मर्सिकोरका प्रतिनिधी,एमपिडिइस,आइडिएस लगाएतका सँस्थाका प्रतिनिधि ,सामाजिक बिकास कार्यालयका प्रतिनिधि ,पत्रकारहरु लगाएतको सहभागीता रहेको थियो ।