सुदुरपश्चिम प्रदेश खेलकुद ऐन, २०७६ (संशोधन) र नियमावली, २०७७ (संशोधन) कार्यान्वयनमा आएको छ । तर बझाङका अधिकांस स्थानिय तहले भने यो ऐन तथा नियमावली विपरित स्थानीय खेलकुद समिति गठन गरेको पाईएको छ । हाल सम्म पाँच वटा पालिकामा मात्रै यो ऐन अनुसार स्थानिय खेलकुद समिति गठन भएका छन भने अन्य सातवटा पालिकामा अझै पनि ऐन तथा नियमावली विपरितका समिति रहेका छन । सुदुरपश्चिम प्रदेश खेलकुद ऐन, तथा नियमावली अनुसार केदारस्युँ, दुर्गाथली, थलारा, खप्तडछान्ना, साईपाल गाउँपालिकाले मात्रै स्थानिय खेलकुद समिति गठन गरि सकेको छ ।
यो ऐन कार्यान्वयनमा आए संगै यसअघिका समिति स्वतः खारेज हुने भएकाले यस बारेमा सहजताका लागी जिल्लाका कतिपय पालिकाका प्रमुखहरुलाई भेटेर त कतिपयलाई फोन मार्फत छलफल गरेको भएपनि हाल सम्म सात वटा पालिकाले नयाँ समिति गठन नगरेका जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताउनु भयो । अहिले कार्यान्वयनमा आएको ऐन अनुसार ४ जनाको समिति हुने भएपनि धेरै जसो पालिकाले ऐन नियमावली विपरित र कतिपयले मनोनित नगरि पठाउने गरेका छन । पछिल्लो दुई महिना देखि विभिन्न समयमा पत्राचार तथा टेलिफोन मार्फत आग्रह गर्दा पनि ऐन अनुसार समिति गठन नगरेको रोकायाको भनाई छ ।
सुदुरपश्चिम प्रदेश खेलकुद ऐन, २०७६ (संशोधन) र नियमावली, २०७७ (संशोधन) अनुसार स्थानीय खेलकुद समिति गठन नगरेका स्थानीय तहका टिम लाई १४ औं बझाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० मा सहभागि नगराईने भएको छ । जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता ब्यवस्थापन तथा निर्देशन समितीको बैठकले प्रदेश ऐन तथा नियमावली अनुसार समिति गठन गर्न ७ दिनको समय दिने र ७ दिन भित्र पनि समिति गठन नगरे जिल्ला स्तरिए राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी नगराउने भन्ने निर्णय गरेको छ । सुदुरपश्चिम प्रदेश खेलकुद ऐन, २०७६ (संशोधन) र नियमावली, २०७७ (संशोधन) कार्यान्यवयनमा आईसकेकाले सोहि अनुसार समिति गठन गर्न पत्राचार गरेको भएपनि अझै केहि पालिकाले गठन नगरेको जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताउनु भयो ।
यो ऐन कार्यान्वयनमा आए संगै यसअघिका समिति स्वतः खारेज हुने भएकाले यस बारेमा सहजताका लागी जिल्लाका कतिपय पालिकाका प्रमुखहरुलाई भेटेर त कतिपयलाई फोन मार्फत छलफल गरेको भएपनि हाल सम्म सात वटा पालिकाले नयाँ समिति गठन नगरेका जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताउनु भयो । अहिले कार्यान्वयनमा आएको ऐन अनुसार ४ जनाको समिति हुने भएपनि धेरै जसो पालिकाले ऐन नियमावली विपरित र कतिपयले मनोनित नगरि पठाउने गरेका छन । पछिल्लो दुई महिना देखि विभिन्न समयमा पत्राचार तथा टेलिफोन मार्फत आग्रह गर्दा पनि ऐन अनुसार समिति गठन नगरेको रोकायाको भनाई छ ।
स्थानिय तहका जनप्रतिनिधिले आफु अनुकुलका व्यक्तिहरुलाई ऐन विपरित खेलकुद समितिमा राख्ने र नियमावली विपरित गई खेलकुद प्रतियोगिता संचालन गरि आर्थिक अनियमितता गर्ने गरेको खेलप्रेमीहरुको भनाई छ । समितिमा कुनैपनि खेल संग सम्बन्ध नभएका आफ्ना पार्टीका कार्यकर्ता राख्ने र विभिन्न प्रतियोगिताका नाममा लाखौ खर्च गर्ने गरेका छन । तर यसरी लाखौँ खर्च भएपनि खेलकुदको प्रगति भने शुन्य रहेको खेलाडीहरुको भनाई छ ।