बझाङ : दुर्गाथली गाउँपालिका वडा नम्बर २ मा आयोजना बैंक सार्बजनिक गरिएको छ । वडाको विकास व्यवस्थापनको लागि आयोजना बैक सार्बजनिक गरिएको हो । वडा भित्रका सामाजिक योजना लक्ष्य प्राप्त गर्ने, आयोजनाको पूर्व प्राथामिकिकरण गर्ने, कार्यान्वयन निकायलाई उत्तरदायि बनाउने, विकास व्यवस्थापन सिद्धान्त अनुसरण गर्ने, सरोकारवाला निकायलाई सहजिकरण गर्ने लगाएतका लक्ष्यले बैक सार्बजनिक गरिएको छ ।
आयोजना बैकमा रहेका आयोजना प्राथमिकताको आधारमा छनौट गरि योजनाको कार्यान्वयन गर्ने र गराउने कुरामा वडा कार्यलय कटिबद्ध रहने वडा अध्यक्ष धनराज मिश्रले जानकारी दिनुभयो । उहाँले आफुलाई उक्त्त योजना बैंक निमार्ण गर्न एक वर्षको समय लागेको बताउनुभयो । आयोजना बैंक सार्बजनिक गर्नेमा दुर्गाथली गाउँपालिका वडा नम्बर २ बझाङ जिल्लामै पहिलो बनेको छ ।
आयोजना बैकमा शिक्षा, स्वास्थ्य, खेलकुद, उद्योग, कृषि,वन, पर्यटन, खानेपानी, टोलसुधार बाटो निमार्ण, जनचेतना कार्यक्रम, प्रशासन, सार्वजनिक शौचालय लगाएतका महत्वपुर्ण विषयहरु समेटिएका छन् । विगतमा निर्धारित समयमा आयोजना कार्यान्वयन गर्न नसकिएको अनुभवका आधारमा कार्यान्वयन प्रभावकारी बनाउन आयोजना बैंकको अवधारणा आएको हो ।
यसैबिच वडाका दिर्घ रोगीहरूलाई वडा कार्यलयद्वारा दिर्घ रोगी स्वास्थ्य कार्ड र व्याबसायिक कृषि कार्ड पनि बितरण गरिएको बताइएको छ । दुर्गाथली गाउँपालिका वडा नम्बर २ ले पछिल्लो समय जिल्लामै रचनात्मक कार्यहरु गरिरहेको स्थानियको भनाई । वडा अध्यक्ष धनराज मिश्रको नेतृत्वले वडामा फरक र सकारात्मक गतिविधीलाई प्राथामिकता दिएको स्थानिय वडावासिको बुझाइ छ ।