मष्टा गाउँपालिकामा खेतकोट - घचाया सडकको सोमबार तामझामका साथ उद्घाटन गरिएको छ । गत वर्षदेखि सडक कटान कार्य सुरु भएको खेतकोट- घचाया सडक खण्डको काम सम्पन्न भएपछि सोमबार एक औपचारिक कार्यक्रमबीच तामझामका साथ उद्घाटन गरिएको हो । मष्टा गाउँपालिकाको करीब ४० लाख बजेटमा गत आर्थिक वर्ष २०७९/८० बाट सडक कटान कार्य सुरु भएको थियो ।
दुई किलोमिटर लम्बाई रहेको उक्त सडकमा आजबाट सवारी साधनहरु चल्न सुरु भएको मष्टा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो । अब सडक निमाणर् कार्य सम्पन्न भएर सुचारु भएपछि गाउँपालिकाको वडा नम्बर १ र २ तथा पालिका भित्र चल्ने छोटो दुरीमा यात्रा गर्न सहज हुने भएको वडा अध्यक्ष रोकायाले बताउनुभयो । उहाँले आफु निर्वाचित हुनु अगावै उक्क्त सडक निमाणर्को लागि पहल गरेको बताउनुभयो ।
खेतकोट - घचाया सडक समितीका अध्यक्ष सुवास खड्काको अध्यक्षतामा सञ्चालन भएको सडक उद्घाटन कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा रहनुभएको थियो । विशिष्ट अतिथीमा गाउँपालिका उपाध्यक्ष हर्क धामी रहनुभएको थियो । अतिथीमा वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र रोकाया, वडा नम्बर ४ का वडा अध्यक्ष उत्तमराज जोशी, प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद सुवेदी रहनुभएको थियो । कार्यक्रममा गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी, इन्जिनियर र स्थानियहरुको सहभागिता रहेको थियो ।
मष्टा गाउँपालिकामा खेतकोट - घचाया सडक उद्घाटन गरीएको छ । गत वर्षदेखि सडक कटान कार्य सुरु भएको खेतकोट- घचाया सडक खण्डको काम सम्पन्न भएपछि आज एक औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको हो । मष्टा गाउँपालिकाको करीब ४० लाख बजेटमा गत आर्थिक वर्ष २०७९/८० बाट सडक कटान कार्य सुरु भएको थियो ।
दुई किलोमिटर लम्बाई रहेको उक्त सडकमा सोमबारबाट सवारी साधनहरु चल्न सुरु भएको मष्टा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो । अब सडक निमाणर् कार्य सम्पन्न भएर सुचारु भएपछि गाउँपालिकाको वडा नम्बर १ र २ तथा पालिका भित्र चल्ने छोटो दुरीमा यात्रा गर्न सहज हुने भएको वडा अध्यक्ष रोकायाले बताउनुभयो । उहाँले आफु निर्वाचित हुनु अगावै उक्क्त सडक निमाणर्को लागि पहल गरेको बताउनुभयो ।
खेतकोट - घचाया सडक समितिका अध्यक्ष सुवास खड्काको अध्यक्षतामा सञ्चालन भएको सडक उद्घाटन कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा रहनुभएको थियो । विशिष्ट अतिथीमा गाउँपालिका उपाध्यक्ष हर्क धामी रहनुभएको थियो । अतिथीमा वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र रोकाया, वडा नम्बर ४ का वडा अध्यक्ष उत्तमराज जोशी, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद सुवेदी रहनुभएको थियो । कार्यक्रममा गाउँपालिकाका सम्पुण जनप्रतिनिधि, कर्मचारी, इन्जिनियर र स्थानियहरुको सहभागिता रहेको थियो ।