बझाङ : सरकारले बझाङका १३ जनालाई सहिद घोषणा गरेको छ । सरकारले आज सूचि सार्वजनिक गर्दै बझाङका १३ जनासहित देशभरका २ हजार ६७४ जनालाई सहिद घोषणा गरेको हो । सरकारले गत २४ पुषमा गरेको निणर्य अनुसार थप सहिदहरुको सूची राजपत्रमा प्रकाशित भएको छ ।
२४ पुसको मन्त्रिपरिषद बैठकले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर सहिद घोषणा हुन बाँकी रहेका २ हजार ६७४ जनालाई सहिद घोषणा गर्ने निणर्य गरेको थियो । सोही दिनमा विभिन्न मितिमा सहिद घोषणा भई विवरण अपूर्ण भएका कारण राजपत्रमा प्रकाशन हुन बाँकी २५९ जनाको सहिदहरूको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने निणर्य पनि भएको थियो ।
सरकारले सार्वजनिक गरेको सहिदहरुको सूचिमा बझाङको छविस पाथिभेरा गाउँपालिका ७ का धनबहादुर धामी र किट्टो धामी, छविस पाथिभेरा ६ का लक्ष्मी भण्डारी, केदारस्यूँ गाउँपालिका ७ का लक्ष्मण धामी, बुंगल नगरपालिका दहवगरका नरबहादुर धामीलाई सरकारले सहिद घोषणा गरेको हो ।
त्यसैगरी मष्टा ३ का अम्रेस अधिकारी, जयपृथ्वी नगरपालिका ३ का दिपकराज जोशी, बुंगल नगरपालिका १० का सल्लो पातली, थलारा गाउँपालिका २ का रमा कुमारी खड्का, बुंगल नगरपालिका ३ का शिवु ताम्राकार, दुर्गाथली ७ का झलक दमाई, जयपृथ्वी नगरपालिका १ का प्रभुजंग शाही र राम बहादुर सिंहलाई सहिद घोषणा गरेको हो ।
पूरा विवरण हेर्नुहोस् ।