बझाङको बुङगल नगरपालिकामा तीन दिने बालभित्ते पत्रिका प्रकासन सम्बन्धि तालिम सम्पन्न भएको छ । दलित सहयोग समाज र युएमएन बझाङको साझेदारीमा संचालित समान व्यहार परियोजनाले तीन दिने बाल भित्ते पत्रिका तालिम संचालन भएको थियो । बुङगल नगरपालिका वडा नं ९ को शारदा मा.वि सैनोडी र वडा नं ११ को शिव मा.वि पुतलिलेकमा तालिम संचालन गरिएको थियो । विद्यालयमा गठन भएको किशोरकिशोरी समुहका कक्षा ९ र १० मा अध्ययनरत २५÷२५ जनालाई बालभित्ते पत्रिका प्रकासन सम्बन्धि तालिम दिईएको हो ।
भित्ते पत्रिका लेखन तालिलमले विद्यालय जाने बालबालिकाहरुको लेखन क्षमतामा विकास गर्ने र बालबालिकाको भावना र रचनात्मकता व्यक्त गर्ने, आफ्नो लेख, रचनाहरु तयार गर्ने, अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई रचनात्मक बनाउन, साहित्य र बाल पत्रिकामा रुची जगाउने उद्देश्यका साथ बाल भित्ते पत्रिका लेखन तालिम दिईएको दलित सहयोग समाजका कार्यक्रम माधुरी विकले बताउनुभयो । बाल पत्रिका प्रकासनको लागि चाहिने आवश्यक आधारभूत ज्ञान र सिपको विकासमा सहयोग पुर्याउने लक्ष्य सहित दुई विद्यालयका ५० जनालाई तीन दिने बाल भित्ते पत्रिका लेखन तालिम दिईएको उनको भनाई छ ।
प्राथमिक विद्यालय, आधारभूत विद्यालय र माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक सहभागी रहेको भित्ते पत्रिका लेखन तालिममा भित्ते पत्रिका के हो, भित्ते पत्रिकामा के कस्ता विषय समावेश गरिन्छ, भित्ते पत्रिका किन प्रकाशन गर्ने, भित्ते पत्रिका प्रकाशनका फाइदा, समाचार भनेको के हो ,समाचारको संरचना, सञ्चारका किसिम, पत्रकार, पत्रकारिता, समाचार तथा समाचारको तत्वसमाचारको प्रकार र समाचार वनोट, भित्ते पत्रिकामा गरिने सजावट लगायतका विषयमा जानकारी गरिएको छ । तालिमले आफुहरुलाई पत्रकारिताको विकासका साथै सृजनात्मक कलाको विकास भएको शिव मा.वि पुतलिलेकका सहभागि नरेस बोहराले बताउनु भयो ।
पहिले पत्रकारिताको विषयमा केहि थाहा नभएको र अहिले बालभित्तेपत्रिकामा प्रकासित गर्नुपर्ने सामाग्रीहरु आफै तयार गर्न सक्ने सिपको विकास भएको उनको भनाई छ । यो तालिमबाट बालबलिकाहरुले आफ्ना प्रतिभाहरू प्रस्तुत गर्नेे, पढाईका साथै अतिरिक्त क्रियाकलापहरूमा पनि आकर्षण बढ्ने र विद्यालय तहबाटै पत्रकारिताको अभ्यास तथा अनुभव लिन पाएको शारदा मा.वि सैनोडीका प्रधानाध्यापक जनक बहादुर सिंहले बताउनु भयो । यहि भदौ ४ गते देखि ९ गते सम्म बुङगलको वडा नं ९ र ११ मा संचालन गरिएको थियो ।