बझाङ: बेमौसमी बर्षा संगै जडारीगाड खोलामा आएको बाढीले खप्तडछान्ना गाउँपालिकामा १ खाती गाउँमा रहेको जगदम्वा आधारभुत विद्यालय बगायो । असोज ३१ गते देखि कात्र्तिक ३ गते सम्मको अविरल बर्षाका कारण आएको बाढीले विद्यालयमा पुर्ण क्षति गरेको छ । विद्यालयका तीन वटा पक्कीभवन, शौचालय र खेलमैदान पुरै बगाएर नामोनिसान छैन । भवन बगाएपछि जगदम्वा आधारभुत विद्यालयका विध्यार्थीहरु खुल्ला चौरमा बसेर पढन बाध्य भएका छन । विद्यालयमा रहेको तीन वटा भवनका आठ कोठाका साथै शौचालय पनि बगाए पछि विद्यार्थीको पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक लालबहादुर खत्रीले बताए ।
उनले भने ‘बाढीले पुरै विद्यालय बगायो । लामो समय सम्म कोरोना माहामारीले पडाइृ हुन सकेको थिएन । हामी पढाईलाई प्रभावकारी बनाउने उदेश्यले दशै तिहारमा पनि धेरै विदा दिईएन । विद्यालय बगाएपछि अहिले विध्यार्थीहरु खुल्ला चौरमा राखेर पढाउनु पर्ने बाध्यता छ । बस्नका लागी फर्निचर पनि छैन । अब यस्तो बेलामा कसरी पढाई गर्ने । विध्यालय भवन निमार्णका लागी पहल गरेको भएपनि कसैले सुन्दैनन ।’ भवन बगाएपछि पठनपाठन प्रभावित हुने भएपछि अस्थायी टहरा बनाएर पठनपाठनमा सहजता ल्याउन विभिन्न निकायमा पहल गरेको भए पनि कुनै सुनुवाई नभएको उनको भनाई छ । कक्षा ८ सम्म पढाईहुने उक्त विद्यालयमा १६० जना विद्यार्थी अध्ययनरत छन ।
जयपृथ्वी नगरपालिका –१ कैलाशमा रहेको बेताल आधारभुत प्राथमिक विध्यालयको पनि उस्तै समस्या छ । जमिन भाँसिएर विद्यालयका दुई वटा भवन भिित्कएपछि पढाई प्रभावित भएको छ । कक्षा ८ सम्म पढाईहुने यस विद्यालयमा १ सय ७४ जना विध्यार्थिहरु अध्यन गर्दै आएका छन् । भवन भत्किएपछि विध्यालय नजिकैेका खेतमा राखेर पढाउने गरेको विध्यालयका प्रधानाध्यापक पुष्पराज जोशीले बताए । उनले भने ‘विध्यालय भवनमा पुर्ण रुपमा क्षति पुगेपछि पढाई प्रभावित भएको छ । पढाई बन्द गरौ भने पनि भएन । कोरोना माहामारीको समयमा पनि सबैभन्दा बढी प्रभावित भएको शैक्षिक क्षेत्र हो । बैकल्पिक पढाई गर्नका लागी अस्थायी टहरा बनाउने सोच थियो । वडा कार्यालय नगरपालिका सबै तिर पहल गरे कतै बाट सुनुवाइृ भएन । बाहिर बस्दा हावा लाग्ने र चिसो हुने हुँदा विध्यार्थीहरु पनि बस्न मान्दैनन ।‘ विद्यालयमा भएको बालमैत्री धारा, दुई वटा शौचालयमा पनि पुर्ण रुपमा क्षति भएको छ ।
वडा कार्यालयले यो आर्थिक बर्षको बजेट विनियोजन गरिसकेकाले अस्थायी टहरा निमार्णका लागी बजेटको व्इवस्थ ागर्न नसकिएको विध्यालय व्यवस्थापन समितीका अध्यक्ष समेत रहेका वडा अध्यक्ष गगन बहादुर सिंहले बताए । विध्यालयका सबै संरचना भत्किएकाले नयाँ संरचना निमार्ण गर्दा ठुलो बजेटको आवश्यक रहेको छ । विद्यालयको जमिन पनि भासिएकाले विद्यालय नै अन्यत्र सराउनु पर्ने उनको भनाई छ ।
घाम लागेका बेलाविद्यालयमा नियमित पढाई हुने भए पनि घाम अस्ताएपछि भने चिसो हुने भएका कारण विद्यार्थी बाहिर बस्न नमान्ने शिक्षकहरुको भनाई छ । बेमौसमी बर्षा संगै आएको बाढी र पहिरोले जिल्ला भरी ६५ वटा विद्यालयमा आशिंक रुपमा क्षेती भएकोे सामाजिक विकास कार्यालय बझाङका प्रमुख विर बहादुर धामीले बताए । उनले भने जिल्लामा २ वटा विद्यालय पुर्ण रुपमा क्षेती भई नयाँ संरचना बनाउनु पर्ने भएको छ ।
कतिपय विद्यालयमा खेलमैदान बगाएको छ । कतिपय विद्यालयमा माथीबाट पहिरो आई विद्यालयको छानो, झ्याल ढोकामा क्षति भएको छ । जमिन भाँसिएर कतिपय विद्यालयका भवन चर्किएर जोखिममा छन । विद्यालयको मर्मत नगरी पठनपाठन गर्न सहज छैन ।’ क्षेतीको आकलन गर्दा शैक्षिक क्षेत्रका भौतिक संरचनाहरुमा मात्र १० करोड ८१ लाख बराबरको क्षति भएको छ । सुदुरपश्चि प्रदेश सरकार लगाएत सरोकारवाला निकायमा क्षेतीको विवरण पठाइसकेको धामीको भनाई छ ।