बझाङ: बझाङ जिल्ला बाट निर्वाचित प्रतिनिधी सभा सदस्य तथा सांसद आशा कुमारी विकले आफुले चार बर्षमा गरेका कामहरु सार्वजनिक गरेकि छन् । शनिबार काठमाण्डौ स्थित ईन्द्रेणी सुइट होटेलमा कार्यक्रम आयोजना गरेकी सांसद विकले आफु प्रतिनिधी सभा सदस्य भैसकेपछी चार बर्षमा बझाङ जिल्लाका लागि गरेका कामहरुको समिक्षा समेत गरेकि छन् । विकले जिल्लाका बारेमा आफुले सांसदमा बोलेर गरेका पहलहरुको बारेमा पनि जानकारी गराएकी थिन् । सांसद विकले काम गर्दै जाँदा आफुले चुनौतीहरु समेत सामना गर्नु परेको बताइन् ।
उनले स्थानिय तह, प्रदेश र संघका जनप्रतिनिधीहरु बिच समन्वय नहुनु, योजनाहरुको छनौट प्रक्रियामा प्राथमिकरण नहुनु, जसले गर्दा योजनाहरुमा डुब्लिकेशन हुने सम्भावना वढी, मन्त्रालय र विभागका वेभसाइडहरुमा अवडेट नहुनु, संघीय मन्त्रालयमा योजना मागका लागि आबश्यक कागज पत्रहरु पेश नगर्नु, एक आपसको अस्तित्व र सह अस्तित्व स्वीकार्न नसक्नु, प्रत्यक्ष र समानुपातिक माननीय बिच हेर्ने दृष्टिकोण फरक र जिल्लाको समग्र विकासका लागि ठुला राजनितिक दलका पार्टी नेतृत्व तह र निर्वाचित जनप्रतिनिधी बिच समन्वय नहुनु जस्ता कुराको आफुले सामना गर्नुपरेको बताईन् ।
उनले भनिन् ‘काम गर्दै जाँदा थुप्रै सिकाइ पनि भएको छ । जिल्लाको समग्र विकासका लागि स्थानिय तह, प्रदेश र संघका जनप्रतिनिधीहरु बिच समन्वय वढाउन, योजनाहरुको छनौट प्रक्रियामा प्राथमिकीकरण गरी योजनाहरुमा डुब्लिकेशन हुन नदिने, मन्त्रालय र विभागका वेभसाइडहरुमा अभडेट हुनु पर्ने, संघीय मन्त्रालयमा योजना मागका लागि आबश्यक कागज पत्रहरु समयमा पेश गर्ने र संघीय सांसदलाई जानकारी गराउने, स्थानिय तह,प्रदेश र संघ तिनवटै सरकारका प्रतिनिधीहरुले समन्वयकारी रुपमा एक अर्कालाई सहयोग गरी आ आफ्नो जिम्मेवारी वहन गर्ने र केन्द,्र प्रदेश र जिल्ला स्थित राजनितिक दलका पार्टी नेतृत्व पंक्ती र जनप्रतिनिधी बिच समन्वय वढाउने समिक्षा गर्ने सुझाव लिने दिने गर्नुपर्ने लगाएतका सिकाइहरु समेत भएका छन् ।’
सांसद विकले प्रतिनिधी सभा सदस्यको चार बर्षे कार्यकाल पुरा भएको सन्दर्भमा जिल्लाका लागी आफुले गरेका कार्य प्रगतिको समिक्षा कार्यक्रममा नेकपा एमालेका केन्द्रिय कमिटी पार्टी सचिव, सुदुरपश्चिम प्रदेश इन्चार्ज तथा नेपाल सरकारका पुर्व उधोग मन्त्री लेखराज भट्ट लगाएत नेता कार्यक्रताहरु सहभागि भएका थिए ।