बझाङका ८ स्थानीय तहमा मतगणना भइरहेको छ । जसमध्ये हामीले बीजयी उम्मेदवारको लिष्ट तयार पारका छौं ।
बझाङको थलारा ९ मा गठबन्धनको प्यानल बिजयी
बझाङको थलारा-९ मा गठबन्धन (नेकपा एकीकृत समाजवादी)का वडाध्यक्षसहित प्यानल विजयी भएको छ । गठबन्धन (एकीकृत समाजवादी)का लोकेन्द्र बहादुर विष्ट ४८७ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् । विष्टका प्रतिद्वन्दी एमालेका हिरा भण्डारीले ४२८ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।
बझाङको मष्टा-१ मा गठबन्धन प्यानल बिजयी
बझाङको मष्टा-१ मा गठबन्धन (नेकपा माओवादी केन्द्र)का वडाध्यक्षसहित प्यानल विजयी भएको छ । गठबन्धन ( नेकपा माओवादी केन्द)का रामचन्द्र रोकाया ६३६ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् । रोकायाका प्रतिद्वन्दी एमालेका राजेन्द्र थापाले ४९३ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।
बझाङको बुंगल नगरपालिका वडा नं ५ मा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा बिजयी
बझाङको बुंगल नगरपालिका वडा नं ५ मा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा बिजयी भएका छन् । पुतली चुनाब चिन्हबाट चुनावी मैदानमा होमिएका निराजन कुवर (दिपक )६०३ मतले बजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका प्रयागराज धामीले २७० मत ल्याएका छन् भने गठबन्धनबाट नन्द बहादुर धामी ३३ मतमै सिमि बनेका छन् ।
बझाङको खप्तडछान्ना-१ मा समाजवादीका वडाध्यक्ष विजयी
बझाङको खप्तडछान्ना गाउँपालिका-१ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ । एकीकृत समाजवादीका देवि भक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन ।
जोशीका प्रतिद्वन्दी एमालेका सुरेस खत्रीले २३८ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।
बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसले जित हासिल गर्यो
बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । एमालेका उम्मेदवार टेक बोहरालाई १७९ मतले पराजित गर्दै कांग्रेसका मान बहादुर बोहरा विजयी भएका हुन् । मानबहादुरले ५२४ मत प्राप्त गर्दा टेकबहादुरले ३४५ मत प्राप्त गरेका छन् ।
माओवादीका उम्मेदवार देव बोहराले २५५ मत प्राप्त गरेका छन् । उक्त वडाबाट पालिका अध्यक्षमा एमालेका लोकेन्द्र बोहराले ७०१ मत, कांग्रेसका अमर महरले ३५५ मत र समाजवादीका जय बोहराले ४६ मत प्राप्त गरेका छन् ।
कूल एक हजार ६५५ मतदाता रहेको उक्त वडामा एक हजार २११ मत खसेको थियो ।
बझाङको थलारामा नेकपा माओवादी केन्द्रको प्यानल बिजयी
थलारा गाउँपालिका वडा नम्बर १ मा रविन्द्र जोशीसहित माओवादी प्यानल बिजयी भएको छ । गठबन्धनका उम्मेदवार जोशीले प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण जोशीलाई ८० मतले हराएका छन् । गठबन्धन (नेकपा माओवादी)का नगेन्द्र जोशीले ३६० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन । जोशीका प्रतिद्वन्दी एमालेका सुरेश खत्रीले २८० मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।
साइपाल गाउँपालिका वडा नम्म्बर १ मा प्यानलसहित नेकपा एमाले
साइपाल गाउँपालिका वडा नम्म्बर १ मा प्यानलसहित नेकपा एमाले बिजयी भएको छ । नेकपा एमालेबाट उम्मेदवारी दिनुभएका नरेन्द्र धामीले प्रतिद्धन्दी साउने धामीलाई पराजित गर्दै प्यानलसहित बिजय हात पारेका हुन् । बिजयी भएका धामीले १५५ मत ल्याएका छन् भने गठबन्धनका साउने धामी १३० मत मात्रै ल्याउन सफल भए ।
यस्तै गाउँपालिका अध्यक्ष तर्फ नेकपा एमालेका मान बोहरा १६३ मतले अग्रता लिइरहेका छन् । गठबन्धनका उज्वल बोहराले ११८ मतसहित पछ्याइरहेका छन् । उपाध्यक्ष तर्फ एमालको डोल्पा तामाङ १५६ मत र गठबन्धन बाटु बोहरा १२८ मतसहित पछ्याइरहेका छन् ।