बझाङ : बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका नेपाली कांग्रेस ६, नेकपा एमाले ३, नेकपा माओवादी केन्द्र २ र नेकपा एकिकृत समाजवादीले १ स्थानीय तहमा जित हासिल गरेका छन् ।
नेपाली काँग्रेसले वित्थडचिर, सुर्मा, मष्टा, खप्तडछान्ना गाँउपालिका, बुङगल र जयपृथ्वी नगरपालिकाको प्रमुखमो जित हात पारेको छ । नेकपा एमालेले साईपाल, तल्कोट र थलारा गाँउपालिकामा विजयी भएको छ । नेकपा माओवादी केन्द्रले दुर्गाथली र छविसपाथीभेरा गाँउपालिकाको प्रमुखमा जित हात पारेको छ भने केदारस्युँ गाँउपालिकामा नेकपा एकीकृत समाजवादीले जीत हात पारेको छ ।
यस्तै पालिकाको उपप्रमुख पदमा भने नेपाली कांग्रेसले ५, एमालेले २, माओवादी केन्द्रले ३ र समाजवादीले २ स्थानिय तहमा जित हात पारेको छ । नेपाली कांग्रेसले सुर्मा, दुर्गाथली, केदारस्युँ, थलारा र वित्थडचिर गाउँपालिका, नेकपा एमालेले तल्कोट र साईपाल गाउँपालिका, नेकपा माओवादी केन्द्रले खप्तडछान्ना, मष्टा गाउँपालिकामा र जयपृथ्वी नगरपालिकामा उपप्रमुख पदमा बिजयी भएको छ । जिल्लाका ९४ वडा मध्ये नेपाली कांग्रेसले ३१ नेकपा एमालेले २७ नेकपा माओवादी केन्द्रले ११ र नेकपा एकिकृत समाजवादीले १६ वडामा वडाध्यक्ष जितेको छ । जिल्लाभर ८ जना स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा जित हासिल गरेका छन् ।
बझाङको केदारस्युँ गाउँपालिकामा विजयी भए संगै सुदुरपश्चिम प्रदेश सभाको ठूलो दल एकीकृत समाजवादी आफ्नो शाख जोगाएको छ । स्थानीय तह निर्वाचनका लागि समाजवादीले प्रदेशभरि प्रमुख÷अध्यक्षमा ४१ र उपप्रमुख-उपाध्यक्षमा ३५ उम्मेदवार उठाएको थियो । प्रदेश सभामा ठूलो दल भएपनि स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा निकै कमजोर देखिएको छ ।
प्रदेशका अन्य जिल्लामा प्रमुख उपप्रमुख पदमा निर्वाचित हुन नसकेको समाजवादीले बझाङमा भने एउटा प्रमुख र दुई उपप्रमुखमा जित हासिल गरेको छ । नयाँ पार्टी भएको र निर्वाचनका बेला गठबन्धनको भरमा निर्वाचनमा होमिनु र समय अभावका कारण चुनाव चिन्हलाई जनतामाझ लग्न नसकेकाले निर्वाचनमा राम्रो परिणाम आउन नसकेको समाजवादीका नेताहरुको बुझाइ छ ।
नेपाली कांग्रेस बिजयी भएका पालिकाहरूः
१ जयपृथ्वी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चेतराज बजाल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रतन सिंह
२) बुंगल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जयबहादुर धामी र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बोहरा
३) मष्टा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ज्ञानबहादुर बोहरा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका हर्क धामी
४) खप्तडछान्ना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उत्तम रोकाया र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णु थापा
५) बित्थडचिर गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस अम्मरसिंह महर र लक्ष्मी मल्ल
६) बझाङको सुर्मा गाउँपालिका–नेपाली कांग्रेस खडक बहादुर बोहरा, नेपाली कांग्रेसकै रुमला कुमारी मण्डेल पुजारा
नेकपा एमाले बिजयी भएका पालिकाहरूः
१) साइपाल गाउँपालिका अध्यक्षमा नेकपा एमालेका मानबहादुर बोहोरा र उपाध्यक्षमा नेकपा एमालेकै डोल्मा तामाङ
२) थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया र उपाध्यक्षमा नेपाली कांग्रेसका राम खाती
३) तलकोट गाउँपालिका अध्यक्ष उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका कलकबहादुर रोकाया र पार्वती भण्डारी
नेकपा माओवादी केन्द्र बिजयी भएका पालिकाहरु
१) दुर्गाथली गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिलबहादुर थापा र उपाध्यक्षमा नेपाली कांग्रेसका जनक दौल्याल
२) छबिसपाथिभेरा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र बसन्त चलाउने र उपाध्यक्षमा एकीकृत समाजवादीका लक्ष्मण बोहरा
नेकपा एकिकृत समाजवादी बिजयी भएका पालिका
१) केदारस्युँ गाँउपालिकाः– अध्यक्ष नेकपा एकिकृत समाजवादीका गणेश बोहरा र उपाध्यक्ष नेपाली काँग्रेसकी मनिषा धामी
९४ वडा मध्ये वडागत विवरण
नेपाली काँग्रेस ३१
नेकपा एमाले २७
नेकपा माओवादी केन्द्र ११
नेकपा एकिकृत समाजवादी १६
स्वतन्त्र ८
पालिका प्रमुख
नेपाली काँग्रेस ६
नेकपा एमाले ३
नेकपा माओवादी केन्द्र २
नेकपा एकिकृत समाजवादी १
पालिका उपप्रमुख
नेपाली काँग्रेस ५
नेकपा एमाले २
नेकपा माओवादी केन्द्र ३
नेकपा एकिकृत समाजवादी २