बझाङ: एमालेको केन्द्रीय सचिव लेखराज भट्टले सरकारका अर्थमन्त्री जनार्दन शर्माले एमालेको अगाडी घुँडा टेक्न बाध्य भएको बताएका छन् । बझाङ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै भट्टले राज्यविरुद्धको अपराध गरेर पनि सरकार निरीह भएको आरोप लगाए । भट्टले एमालेले विरोध गर्न थालेपछि बल्ल अर्थमन्त्रीले राजीनामा दिन बाध्य भएको बताए ।‘अनधिकृत व्यक्तिसँग साठगाँठ गरेर करका दायराहरू हेरफेर गर्नु नैतिकहीन मात्र होइन राज्य विरुद्धको अपराध हो’ उनले भने ‘ यति हुँदा पनि सरकार मौन बस्यो एमालेले विरोध सुरु गरेपछि राजीनामा दिन बाध्य भए ।’एमालेले विरोध नगरेको भए अझै पनि राज्य विरुद्धको अपराधमा अर्थमन्त्री लागिरहने उनले विश्लेषण थियो । अर्थमन्त्रीकै कारण देश सङ्कटमा गुज्रिरहेको उनले टिप्पणी गरे ।
गठबन्धनका कारण देश अझै समस्यामा परेको भन्दै तत्काल यसको विकल्प आवश्यक रहेको उनले औँल्याए ।‘हाम्रो पालामा देशमा ढुकुटी भरिएको थियो गठबन्धनको सरकारले त्यसको सत्यानाश गरेको छ । अब जनता आक्रान्त भएका छन् । सरकारको विकल्पको खोजी भइरहेको छ’ उनले भने ।अहिले एमालेप्रतिको आकर्षण पनि बढिरहेको भट्टले दाबी गरे ।‘माओवादी भित्रै थुप्रै असन्तुष्टि छन् । जनार्दन वर्षमान र प्रचण्डको कार्यशैली माओवादी कार्यकर्ताले मन पराएका छैनन् ।उनीहरू हामीसँग आउन चाहिरहेका छन्’ उनले भने ‘हामी सबैलाई पार्टीमा भित्राउन लागिपरेका छौँ ।’माओवादी अध्यक्ष पुष्पकमल दाहालले छोराको सालिक अनावरण गरेको प्रति पनि भट्टले टिप्पणी गरे ।‘यही बझाङका गरिब जनाएका छोराहरूले शाहगत प्राप्त गरेका थिए परिवर्तनका लागि तर, उनीहरूको सालिक त के सम्झना पनि छैन । तर प्रचण्ड आफ्नो छोराको सालिक अनावरण गर्न थालेका छन् । के यही परिवर्तन हो ? ’ भट्टले प्रश्न गरे ।
संसदीय निर्वाचनका लागि निर्वाचन आयोगले तयारी थालेको भन्दै उनले कार्यकर्ताहरूलाई पनि तयार निर्देशन दिएका थिए । कार्यक्रममा निर्वाचन आयोग अध्यक्ष तथा स्थायी कमिटी सदस्य डा. विजय सुब्बाले पनि सरकार असफल भएको दाबी गरे । उनले नेपाल सरकार भारतसँग नतमस्तक भएको बताए । ‘जयसिंह धामीको मृत्यु हुँदा कांग्रेस, माओवादी र नेकपा एसलाई चिन्ता छैन । कांग्रेस भारत प्रति नतमस्तक भएको छ’ उनले भने ‘देशमा राष्ट्रवादी शक्ति भनेको एमाले मात्र हो ।’ संसद् विघटन प्रतिगमन नभएको उनले जिकिर गरे ।
प्रदेश अध्यक्ष दामोदर भण्डारीले स्थानीय तहमा पाँच दल मिल्दा पनि लोकप्रीय मत एमालेको बढी रहेको बताएका थिए । उनले संसदीय निर्वाचनमा एमाले बलियो रूपमा प्रस्तुत हुने बताए । एमालेका केन्द्रीय सदस्य तथा बझाङ इन्चार्ज भैरव बहादुर सिंहले मुलुकमा एमाले बलियो शक्तिका रूपमा स्थापित भइरहेको टिप्पणी गरेका थिए । उनले बझाङमा पनि एमालेको क्रेज बढिरहेको बताए । केन्द्रीय सदस्य तथा बझाङ सह इन्चार्ज ऐन महरले प्रदेश सभा सदस्यहरू कमिसनमा लागेको आरोप लगाएका थिए । सुदूरपश्चिम सरकार नै कमिसनको खेलमा रहेको उनले बताए । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामहरू शताब्दी सम्म सम्झन लाएर रहेको तर, वर्तमान सरकारले त्यसलाई अवरोध गर्ने काम मात्र गरेको उनले बताए ।
जिल्ला अधिवेशनको सन्दर्भमा उनले समृद्ध बझाङको सपना पुरा गर्ने गरी नेतृत्व चयन हुनेमा विश्वास व्यक्त गरे ।एमालेका केन्द्रीय सदस्य अफिलाल ओखेडाले देशमा आर्थिक क्रान्ति आवश्यक रहेको बताए । एमाले न्यायको पक्षमा सधैँ उभिएको भन्दै उनले स्थानीय तहको निर्वाचनमा एक्लै लड्दा पनि लोकप्रिय मत पाएको र आगामी संसदीय निर्वाचनमा पनि एक्लै लडेर जित्ने दाबी गरे ।
केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य आसा कुमारी विकले सुदूरपश्चिम प्रदेशको मात्र नभई समग्र मुलुकको विकासका लागि एमाले आवश्यक रहेको बताएकी थिइन् । वर्षौँदेखि रोकिएका योजनाहरू एमालेका पालामा निरन्तरता पाएको बताइन् । राजनीति महिला नेतृत्व स्थापित गर्न राजनैतिक दल गम्भीर बन्न आवश्यक रहेको बताइन् । अघिल्लो वर्ष पुस २३ गते देशै भरी जिल्ला अधिवेशन सम्पन्न भएको थियो । तर, त्यो बेला मौसमका कारण यहाँ अधिवेशन हुन सकेको थिए । उक्त अधिवेशन बुधवार वाट सुरु भएको हो । बुधवार सुरु भएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बिहीबार सम्पन्न गर्ने जनाइएको छ ।